
बाँके । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को निधन भएको छ। नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्वअध्यक्ष समेत रहेका चाचाजीको उपचारका क्रममा बुधबार साँझ ९२ वर्षको उमेरमा निधन भएको हो ।
केही वर्षयता रोगले थलिएका चाचाजीले बुधबार साँझ उल्टी गरेपछि अस्पताल लगिएको थियो।
नेपालगन्जको पत्रकारिता अलग्गै पहिचान बनाएका चाचाजी किरण साप्ताहिकका सम्पादक थिए। पत्रकारितामा चाचाजीको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले दशकअघि उनलाई सेनानीको उपाधि दिएको थियो।
कमेन्ट गर्नुहोस्
