आज शहीद दिवस : विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

Share:

काठमाण्डौं । आज माघ १६ गते अर्थात् शहीद दिवस । नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ सम्मानमा देशभर विभिन्न कार्यक्रम गरिँदैछ ।

शहीद दिवसको अवसरमा बर्सेनि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणाशासकले १९९७ सालको माघ १० गते काठमाण्डौको टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

२०१२ सालदेखि शहीद दिवस मनाउन थालिएपनि शहीदको यकिन तथ्याङ्क भने सरकारसँग छैन ।

कमेन्ट गर्नुहोस्
Share: