नेपाल ओमानसँग ८ विकेटले पराजित

Share:

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ।आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

२५० रनको लक्ष्य पछ्याएको ओमानले ४७ ओभर २ बलमा २ विकेट गुमाउदै २५० रन बनायो । ओमानका लागि आकिव लियाजले शतक बनाए । १०६ बल खेलेका लियाजले १२ चौका र १ छक्काको सहयोगमा १०९ रन बनाए ।

ओमानका लागि जशन मक्सादले अर्धशतकीय पारी खेले । जशन ७९ बल खेल्दै ८ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय पारी खेले । ओमानका लागि खवर अलीले ४१ रन बनाउँदा जितेन्द्र सिंहले २३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दा ६५ रन खर्चिए । नेपालका लागि लागि कुशल मल्ल र सुशन भारीले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । ७६ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाएका थिए ।कमजोर बलिङ र फिल्डिङ गरेसँगै नेपाल पराजित भएको हो ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले शनिबार अमेरिकालाई पराजित गरेको थियो। जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले माघ २९ गते अमेरिकासँग खेल्नेछ । त्यसअघि, ओमान र अमेरिकाले मंगलबार खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्
Share: