प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध नगर्ने

Share:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो।

बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् काँग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले गत बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायतका विषयमा कांग्रेसले आइतबार तेस्रोपटक बैठक अवरुद्ध गरेको थियो । यसअघि माघ २३ र २४ गते सदन अवरुद्ध भएको थियो । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: