आफैँलाई गोली हान्दा प्रहरी जवान गम्भीर घाइते

448
0
Share:

सिन्धुली । जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफैँलाई गोली हानेका छन् ।

आज (बिहीबार) बिहान साढे सात बजेतिर ड्युटी (सेन्ट्री) मा रहेको बेला आफैले बोकेको बन्दुक आफ्नै पेटमा हान्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाैं पठाइएको जनाइएको छ । जवानले आफैलाई किन गोली हानेको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: