
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार एक कार्यक्रममा नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी तत्कालीन माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गरेका नेता कोइराला दिवङ्गत भएको यतिका वर्षपछि उनका सम्बन्धमा नेता दाहालबाट व्यक्त विचारप्रति असन्तोष व्यक्त गरेका छन् ।
प्रचण्डले १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु पर्यो भन्ने गरेको दाबी गरेका थिए ।
कमेन्ट गर्नुहोस्
