
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा गएका छन् । यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति जेनेभा प्रस्थान गरेका हुन् ।
जेनेभा प्रस्थान गर्नुअघि मन्त्री ज्ञवालीले द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालको पूर्णप्रतिबद्धता दोहोर्याइने जानकारी दिएका छन् ।
यो वर्ष बालअधिकारसम्बन्धी सन्धि भएको २५औं वार्षिकोत्सवका सन्दर्भमा नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारीसमेत गराउने मन्त्री ज्ञवालीले बताएका छन् ।
