
काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । शनिबार प्रेस संगठन नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् ।
शुक्रबार मात्रै एमसीसी अध्ययन कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे । उनले भने, ‘एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ ।’ प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेका दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालले सरकारको कामका विषयमा शनिबारदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरूलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट गरेका छन् ।
भिडियो::
