नेपालमा कस्तो छ स्कीको सम्भावना ? (भिडियो रिपोर्ट)

Share:

पोखरा । हिउँमा खेलिने खेल हो, स्की । नेपालमा तीन वर्षको इतिहास बोकेको स्की खेलका लागि उपयुक्त क्षेत्रको खोजी भइरहेको छ । स्की खेलको प्रवर्धनका लागि नेपाल स्की संघको आयोजनामा नेपालमा हरेक वर्ष स्की च्याम्पियनसिप हँदै आएको छ ।

पहिलोपटक रसुवाको लाङटाङमा प्रतियोगिता गरिएको थियो । दोस्रोपटक मुस्ताङको मुक्तिक्षेत्रमा भएको प्रतियोगिता तेस्रो पटक पनि सोहि ठाउँमा हालै मात्र सम्पन्न भएको छ । यातायात, होटललगायत स्कीका लागि सबै पूर्वाधार भएकाले संघले गएको वर्षदेखि मुस्ताङलाई प्राथमिकता दिएको छ ।

सरकारी तवरबाट खासै प्राथमिकता नपाएको यो खेलका लागि लगानी बढाउन सके हिउँ पर्यटक बढ्ने स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठ बताउँछन् । पर्यटकको आकर्षणको केन्द्र मुस्ताङ जिल्लामा मंसिर अन्तिमदेखि फागुन पहिलो सातासम्म पर्यटकको आवागमन कम हुन्छ । यो अवधिमा चिसो पनि बढी हुने भएकाले अधिकांश मस्ताङबासी जिल्ला बाहिर पुग्छन् ।

स्कीका लागि पर्याप्त हिउँ मात्र होइन भिरालो ठाउँ पनि आवश्यक पर्छ । समुद्री सतहबाट ३५०० देखि ४ हजार मिटरको उचाइ स्कीका लागि राम्रो मानिन्छ । स्कीका लागि आवश्यक पर्ने सामाग्री विकसित मुलुकबाट नेपाल ल्याइने गरेको छ । यसका लागि आवश्यक सामाग्री २ देखि साढे ३ लाख रुपैयाँसम्म पर्छ । विकसित देशहरुमा स्की व्यवसायिक खेल बनिरहँदा नेपालमा यसका लागि निश्चित ठाउँको पहिचान हुन सकिरहेको छैन ।

भिडियो::

कमेन्ट गर्नुहोस्
Share: