पश्चिमी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

Share:

पोखरा । आज (बुधबार) पश्चिमी क्षेत्रका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावका कारण दिउँसोपख मेघगर्जन र हावाहुरी सहित पानी पर्ने जनाइएको छ । पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने जनाइएको छ भने अन्य ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली हुनेछ । मध्य र पूर्वी क्षेत्रको मौसम भने आज सफा रहनेछ।

राति पनि आशिंकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र हावाहुरी सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: