पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

542
0
Share:

काठमाडौँ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका १ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा आज (बुधबार) बिहान ०७ः४५ बज बजे प्रेसर बम विस्फोट भएको हो।

बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । यस्तै बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ भने छिमेकीका घरमा पनि क्षति पुर्याएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ।

बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: