बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

Share:

काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरस (कोभिड १९)को संक्रमण भएको छ । आफूमा कोरोना संक्रमण भएको जानकारी गराउँद उनी आफ्नै घरको आइसोलेसनमा रहेको जानकारी गराएकी छिन् ।

एक विज्ञप्ति जारी गर्दै कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।

कोरोना संक्रमणका कारण बेलायतमा अहिलेसम्म छ जना मानिसको ज्यान गइसकेको छ भने ३८२ वटा संक्रमणका मामिला भेटिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: