प्रधानमन्‍त्री ओली आज साँझ डिस्चार्ज

494
0
Share:

काठमाडौँ — मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओली डिस्चार्ज हुँदै छन् । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्‌गाका अनुसार प्रधानमन्‍त्री ओली शुक्रबार साँझ डिस्चार्ज हुन लागेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’,कार्यकारी निर्देशक डा. खड्‌गाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

ओलीको २१ गते बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणका लागि ओली १९ गते भर्ना भएका थिए। ओलीका मिर्गौलादाता समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी थिइन्।

प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।

यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: