नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण

Share:

पोखरा । नेपालमा आज (बिहीबार) थप ३३४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। जसमध्य ३१९ जना पुरुष र १५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा मोरङ २ जना, पर्साका १ जना, झापाका ५ जना, ताप्लेजुङका १ जना, सप्तरीका १३ जना, बाराका १२ जना, सिन्धुलीका १ जना, रौतहटका ६५ जना, म्याग्दीका १ जना बाग्लुङ १० जना, पर्वतका ४ जना, स्याङ्जनाका १ जना, डोटीका ३ जना, बाँकेका ४२ जना, कपिलवस्तुका २९ जना, दाङ १५ जना, मुगुका १ जना, दैलेखका १०५ जना, खोटाङका ३, दैलेखका ८, धनुषाका ६, महोत्तरीका ३ जना, सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । २ हजार ४५० पुरुष र १८४ जना महिला रहेका छन् ।  हालसम्म नेपालमा ६५ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २९० जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण १० जनाको भने मृत्यु भइसहेको छ।

कमेन्ट गर्नुहोस्
Share: