
पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना (कोभिड–१९) संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालको आइसोलेसन कक्षमा उपचारको क्रममा स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेकामा हिजो मात्रै उनमा कोरोना पुष्टि भएपछि आइसोलेसन कक्षमा राखिएको थियो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको मृत्यु यो नै पहिलो हो । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ । संक्रमित मध्य ३ जना निको भई घर फर्किसकेका छन् ।
कमेन्ट गर्नुहोस्
