विश्वभर कोरोनाबाट ८७ लाख ६९ हजार संक्रमित, ४ लाख ६४ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ८७ लाख ६९ हजार ३ सय ८३ पुगेको छ। यस्तै विश्वभर ४ लाख ६४ हजार जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४३ लाख ४७ हजार १ सय ६२ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै प्रभावित अमेरिकामा सर्वाधिक २२ लाख ५१ हजार २ सय ५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ सर्वाधिक १ लाख १९ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा १० लाख ३२ हजार ९ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ४९ हजार ९ सय ७६ जना संक्रमितको मृत्यु भइसकेको छ । रुसमा ५ लाख ७६ हजार १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

यता भारतमा ३ लाख ९५ हजार ४८ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या १३ हजार २ सय ७७ पुगेको छ। बेलायतमा ३ लाख ४ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४२ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: