नेपालमा थप ४ सय २१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा आइतबार थप ४ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६४ जना महिला र ३ सय ५७ जना पुरुष गरी ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार विगत २४ घण्टायता झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका, २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जनामा कोरोना संक्रमण पाइएको छ।

यस्तै, अर्घाखाँचीका ७४ जना, डडेल्धुराका ४१ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवाकोटका १ जना, प्यूठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना, सिराहका ५२ जना, ललितपुरका १ जना, पाल्पाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका ४ जना, पर्वतका २ जना, तनहुँका ५ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, कञ्चनपुरका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।

हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ।

थप १९४ जना कोरोना संक्रमणमुक्त

नेपालमा आइतबार थप १ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं मेडिकल कलजे दुवाकोटबाट काभ्रेका ५ जना, जलेश्वर अस्पताल महोत्तरीबाट महोत्तरीका १८ जना, अल्पाइङ नर्सिङ इस्टिच्युट सर्लाहीबाट ७४ जना, धरहरी अस्पतालबाट रौतहटका ४३ जना, शाहीकृष्ण आइसोलेसन सेन्टरबाट सप्तरीका १२ जना र गौर नर्सिङ इस्टिच्युट रौतहटका ४२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्। जसमध्य १ सय ८६ जना पुरुष र ८ जना महिला छन् ।

योसहित नेपालमा हालसम्म १ हजार ७ सय ७२ जना उपचारपछि निको भएका छन्। ती मध्य १४९ जना महिला र १ हजार ६ सय २३ जना पुरुष रहेका छन् ।

नेपालमा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: