
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको असार ५ गते घरमा नै मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिए।
जेठ २५ गते उनी भारतमा उपचार गराएर नेपाल फर्किएका थिए। उनी प्यारालाइसिसका बिरामी भएको जनाइएको छ।
असार ६ गते नेपाली सेनाको टोलीले उनको शवको अन्तिम संस्कार गरेको थियो ।
कमेन्ट गर्नुहोस्
