
काठमाडौँ । पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो।
गत असार १० गतेदेखि शुरु भएका बैठक नेकपाभित्र चर्किएको विवादका कारण बैठक स्थगित हुँदै आएको हो । सहमतिका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच पटकपटक छलफल भएपनि निकास निस्कन सकेको छैन।
यसअघि सोमबारका लागि तय भएको स्थायी कमिटीको बैठक आज (बुधबार)सम्मका लागि स्थगित भएको थियो।
स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ। प्रधानमन्त्री ओलीले भने आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् ।
