सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, गिरी भन्छिन्; सर्वोच्च अदालत जान्छु

441
0
Share:

काठमाडौँ । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यो निर्णयसँगै सांसद पदबाट पनि पदमुक्त भएकी छन् ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले गरेको सिफारिसका आधारमा गिरिलाई कारबाही गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले फिर्ता लिन निर्देशन दिँदा पनि नमानेको र संसद समेत बहिष्कार गरेकी थिइन् । पछि स्पष्टीकरण पनि चित्त बुझ्दो नभएपछि पार्टीले यो कारवाही गरिएको जनाइएको छ ।

गिरी भन्छिन्–सर्वोच्च अदालत जान्छु

सरिता गिरीले आफूलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छन् ।

उनले पार्टीको निर्णय अवैधानिक भएको बताउँदै आफूलाई पार्टीले षड्यन्त्र गरेर पदबाट हटाएको गिरीको गुनासोछ । उनले कानुनविद्हरुसँग छलफल गरेर सर्वोच्चको ढोका ढकढकाउने बताए की छन् ।

गिरीको ठाउँमा लीला सिटौला सांसद बन्दै

पार्टीले गिरीलाई कारवाही गरेपछि उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ निवासी लीला सिटौला सांसद बन्ने भएकी छन्। खस आर्य महिला कोटाबाट समानुपातिक सांसद बनेकी सरिताको ठाउँमा ललितपुरकी सिटौला प्रतिनिधिसभामा जाने भएकी हुन्।

सरिता गिरी सिरहाको लहानकी हुन् भने सिटौला ललितपुरकी हुन्। समाजवादीले मंगलबार कारवाही गरेपछि सांसदबाट विस्ठापित गिरीको ठाउँमा बन्दसूचीमा उनीभन्दा तलकी सिटौला स्वतः सांसद बन्ने भएकी हुन्।

निर्वाचन कानुन अनुसार समानुपातिकको बन्द सूचीलाई तलमाथि गर्न पाइँदैन। समानुपातिक बन्द सूचीमा गिरी पछाडि सिटौला भएकाले उनैले सांसद बन्ने मौका पाएकी हुन्।

कमेन्ट गर्नुहोस्
Share: