
पोखरा । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सोमबार गण्डकी प्रदेशका ५ जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार सोमबार तनहुँका २ पुरुष, स्याङ्जा र म्याग्दीका १/१ पुरुष, पर्वतकी १ महिला, बाग्लुङका १ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९९ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

