
पोखरा । सुनचाँदीको मूल्य आज (सोमबार) पनि सामान्य घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ निर्धारण गरिएको छ।
हिजो पनि सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको थियो।
कमेन्ट गर्नुहोस्
