पोखराको फिस्टेल हस्पिटलमा मत्यु भएकी महिलामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ । पोखरा स्थित फिस्टेल हस्पिटलको सधन उपचार कक्षमा उपचारको क्रममा पोखरा महानगर– ५ की ४५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो ।

हस्पिटलको सधन उपचार कक्षमा उपचारको क्रममा ती महिलाको शुक्रबार राति १ः१५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

ससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

यसअघि आज बिहानै पोखरामा स्याङ्जाका एक पुरुषको कोरोनाबाट मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: