बाग्लुङको बिनामारेमा पहिरोले घर पुरिँदा एकको मृत्यु

Share:

बाग्लुङ । बाग्लुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

जैमिनी नगरपालिका–५ बिनामारेमा निलकण्ठ पौडेलको घर माथीबाट बासको झाङ सहितको पहिरो आई घर पुरिँदा उनकी आमा अन्दाजी ७५ वर्षीया जाल्पादेवी पौडेलको मृत्यु भएको हो ।

रातिदेखि परेको अविरल वर्षाका कारण बिहान अन्दाजी ०७ः३० बजे खसेको पहिरोमा परी निलकण्ठ सामान्य घाइते भएका छन् । घरमा ७ जना रहेकोमा अन्य ५ जनाको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आजै बाग्लुङको जैमिनी टुनिबोटमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको थियो भने विभिन्न ठाउँमा गएको पहिरोले ३ भरमा क्षति र ५ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।

कमेन्ट गर्नुहोस्
Share: