गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार दिउँसो तेस्रो विज्ञप्ति जारी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार बाग्लुङका ४ जना र तनहुँका ५ जना गरी ९ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा बाग्लुङको काठेखोला ३ का २४ वर्षीय पुरुष, ७ का २० र ४३ वर्षीय पुरुष तथा ५ का १४ वर्षीय बालक रहेका छन् ।

यस्तै तनहुँ सुक्लागण्डी ८ का २२ र ३३ वर्षका पुरुष, ४ का ३१ वर्षीय पुरुष, ५ का ५७ वर्षीया महिला तथा वडा नखुलेका १९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यसअघि आजै गण्डकीमा ३० जना कोरोना संक्रमित थपिएका थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: