
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ११ वटा जिल्लाका ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु पुष्टि भएको हो ।
आइतबार काठमाडौँमा मात्र ५ जना संक्रमितको मृत्यु भएको छ। काठमाडौँमा ६६ वर्षीया महिला तथा ६०, ७०, ७५ र ८३ वर्षका पुरुषको मृत्यु भएको हो ।
यस्तै, सुनसरीमा ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष, ललितपुरमा ४९ वर्षीय पुरुष, भक्तपुरमा ४४ र ५७ वर्षीय पुरुष, नुवाकोटमा ७७ वर्षीय पुरुष, चितवनमा ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरमा ८५ वर्षीया महिला, सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुष, रुपन्देहीमा ६०, ६१ र ८४ वर्षका पुरुषको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ। यो कुल संख्याको ०.५९ प्रतिशत हो ।
२०७१ जनामा कोरोना संक्रमण
यसैगरी पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण भएको छ। आइतबार ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।
मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौँमा ११४५ संक्रमित थपिएका छन् ।
यस्तै ललितपुरका १६१ जना र भक्तपुरका ११० जना, बर्दियाका १०४ जना, रुपन्देहीका ९८ जना, बाग्लुङ र कैलालीका ३६/३६ जना, अर्घाखाँचीका ३४ जना, दाङका ३२ जना, सप्तरीका २८ जना, नुवाकोटका २५ जना, कास्कीका २४ जना, गोरखा र बाँकेका २० जना, कञ्चनपुरका १७ जना, महोत्तरी र नवलपरासीका १३/१३ जना, उदयपुरका १२ जना, बाराका ११ तथा कपिलवस्तु र डोटीका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।
लमजुङ, दैलेख र रुकुम पश्चिमका ९/९ जना, सिराहाका ७ जना, धादिङका ६ जना, मकवानपुरका ५ जना, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, र गुल्मीका ४/४ जना, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पाका ३/३ जना धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीका २/२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलाका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १५५२ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ ।
हाल देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । १७ हजार ६६६ होम आइसोलेसन र १३ हजार ६४९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२९ जनाको आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल क्वारेन्टीनमा ४ हजार ६१३ छन्।
आज १२ हजार ४२७ जनाको परीक्षण भएको छ । हालसम्म ११ लाख ७६ हजार ९८४ जनाको परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
