
पोखरा । पोखराका २० सहित गण्डकी प्रदेशमा फेरी ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
कास्कीको पोखराका २० जना, स्याङजाका एक जना, तनहुँका दुई जना, लमजुङका १६ जना तथा नवलपुरका ५ जना गरि प्रदेशका ५ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगर वडा नं. ५ का ३५ वर्षीय पत्रकार, पोखरा चरक मेमोरियलमा उपचाररत ३१ वर्षीय पुरुष र ७० वर्षीया महिला, गण्डकी मेडिकलमा उपचाररत ४१ र ८८ वर्षीय पुरुष तथा २६ वर्षीया महिला एवम भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत २४, २९, ३६, ४६, ४७, ५० र ५२ वर्षका पुरुष, पोखरा वडा नं. ८ का ५६ वर्षीय पुरुष, वडा नं. १० की २८ वर्षीया महिला, वडा नं. १७ का २४ र २५ वर्षका पुरुष तथा ३८ वर्षीया महिला, वडा नं. २४ का ३८ वर्षीय पुरुष रहेका छन् ।
यस्तै स्याङजा कालिगण्डकीका ३३ वर्षीय पुरुष, तनहुँ घिरिङ वडा नं. ४ का २० र ४३ वर्षीय पुरुष, नवलपुर विनयत्रिवेणीका वडा नं. २ का १६ र ५५ वर्षीय पुरुष तथा २० र २३ वर्षीया महिला र वडा नं. ४ का ३८ वर्षीया महिला, लमजुङ सुन्दर बजारका १९ महिनाका बालक, २५, २६, ३२, ३३, ४०, ४३ र ५० वर्षका पुरुष तथा २१, २६, २७, २९, ३२, ३४, ३९ र ५२ वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै आज गण्डकी प्रदेशमा १५१ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्य पोखराका मात्रै ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ४५ पुगेको निर्देशनालयले जनाएको छ ।
