
पोखरा । देशभर सोमबारको मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ। उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने महाशाखाले जनाएको छ ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो: प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
