
पोखरा । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति पनि देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
