कोरोनाः शनिबार पोखराका ५६ सहित गण्डकीमा थप १०९ जनामा संक्रमण, १४० कोरोनामुक्त, २ को मृत्यु पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले आज जारी गरेको चारवटा विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका १०९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीको पोखरा महानगरका ५६ जना रहेका छन् ।

यस्तै, तनहुँमा २४ जना, नवलपुरमा १२ जना, लमजुङमा ५ जना, स्याङ्गजा र बाग्लुङका ४/४ जना तथा पर्वत र म्याग्दीका २/२ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १० हजार ९ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै, गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार २ सय १४ पुगेको छ ।

यसैगरी, शनिबार गण्डकीमा थप २ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका–६ का ६१ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै, गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेकोे छ ।

हाल प्रदेशमा ४ हजार ५८१ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७३५ परिक्षण भएको छ । हालसम्म प्रदेशमा १० लाख ३ हजार ६१४ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: