
तनहुँ। तनहुँमा मोटरसाईकलको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ ।
शनिबार बिहान १०ः४५ बजे तनहुँको भानु नगरपालिका–५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय बाङ्गेरुवाका ८ वर्षीय बालक आइज्याक सिंखडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बटोमा हिँडीरहेको बालकलाई चन्द्रावतीबाट डुम्रे तर्फ जाँदै गरेको बा ७० प ६९०१ नं को मोटरसाइकलले ठक्कर दिँदा बालक सिंखडाको ठाउकोमा गहिरो चोट लागि गम्भीर घाइते भएका थिए ।
घाइते बालकलाई उपचारको लागि पुरानो मेडिकल कलेज भतरपुर पठाइएकोमा दिउसो १ः०५ बजे चिकत्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाका वियषमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
