यस्तो छ आज देशभरको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशको पहाडी क्षेत्रमा आइतबारको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली हुने भएपनि अरु क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहने मौसमविदले जनाएको छ ।

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने अरु क्षेत्रको मौसम सामान्यता सफा रहेको छ ।

आइतबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन्।

अरु प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: