विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ८४ लाख नाघ्यो, १३ लाख ८६ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ८१ हजार ६०९ संक्रमित थपिएसँगै विश्वमा संक्रमित संख्या ५ करोड ८४ लाख ८७ हजार ७६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ९२२ संक्रमितको मृत्यु भएसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १३ लाख ८६ हजार ३३४ पुगेको छ ।

हालसम्म विश्वभर ४ करोड ४ लाख ६४ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, सबैभन्दा धेरै प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ५० हजार ६६६ पुगेको छ । त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ६१ हजार ७९० पुगेको छ भने ७४ लाख ३ हजार ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

दोस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ । त्यहाँ १ लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ भने ८५ लाख २० हजार ३९ जना संक्रमण मुक्त भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: