
सप्तरी । सप्तरीमा आइतबार एउटा जङ्गली हात्ती मृत फेला परेको छ । जिल्लाको कञ्चनरूप नगरपालिका–५ परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिए ।
नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएको उक्त हात्तीको करेन्ट लागेर मृत्यु भएको अनुमान गरिएको छ ।
हात्तीको शरीरले ११ केभीको विद्युत् प्रसारण लाइनको तार किचिएर पोलसमेत झुकेको छ भने हात्तीको अन्य कुनै भागमा चोटपटक नभएकाले करेन्टकै कारण मरेको हुनसक्ने बताइएको छ ।
मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
