
पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ३ जिल्लाका २१ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका १९ जना तथा तनहुँ र स्याङ्जाका १/१ जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ५४ वर्षीय पुरुष तथा ६१ वर्षीया महिला, वडा नं.३ का ३२ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं.४ का ३९ वर्षीय पुरुष तथा २२ वर्षीया महिला, वडा नं.८ का २३ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.१० का ८४ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं.११ का ३३ र ४३ वर्षीय पुरुष, वडा नं. १३ का ८३ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं. १४ का १७ र ४३ वर्षीय पुरुष, वडा नं.१५ की २५ वर्षीया महिला, वडा नं.१७ का ८५ वर्षीय पुरुष, वडा नं.१८ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै तनहुँको व्यास वडा नं. २ का ३६ वर्षीय पुरुष र स्याङ्जाको पुतलीबजार वडा नं. ११ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९५७ पुगेको छ ।
