
पोखरा । आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबार सुन ३०० रुपैयाँले बढेर तोलाको ९४ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
