कोरोनाः नेपालमा थप १६६९ जनामा संक्रमण, ५६९९ संक्रमणमुक्त, १६ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौँ उपत्यकाका ९५७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । यससँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ। २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो ।

हाल देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: