आइतबार कास्कीका १०७ सहित गण्डकीमा थप १२५ जनामा कोरोना पुष्टि, १७ संक्रमणमुक्त

Share:

पोखरा । गण्डकी प्रदेशमा आइतबार थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा जिल्लाका १२५ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै १०७ जना रहेका छन् ।

यस्तै बाग्लुङका १२ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी स्याङ्जा, पर्वत र तनहुँका २/२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् । यससँगै प्रदेशमा निको हुनेको कोरोना संख्या ६ हजार २३१ पुगेको छ ।

हाल गण्डकीमा ४ हजार ६८९ सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा ५९१ परिक्षण भएको र हालसम्म १० लाख ४ हजार २०५ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: