
काठमाडौँ । छिमेकी देश भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ५१८ जना संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३५ हजार २६१ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४४ हजार ६९९ जनालाई संक्रमण पुष्टि भएको छ । यससँगै त्यहाँ कूल संक्रमितको संख्या ९२ लाख ६६ हजार ६९७ पुगेको छ।
हालसम्म भारतमा ८६ लाख ७७ हजार ९८६ जना संक्रमण मुक्त भएका छन् ।
भारत कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा धेरै दोस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
