
चितवन । त्रिशुली नदीमा आज पिकअप भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको छ ।
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना रोक्का र सोही ठाउँ निवासी पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव फेला परेको हो । उनीहरुको शव पिकअप भ्यानभित्रै भेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
१५ वर्षीया बिरामी जिनिसा रोक्काको खोजी जारी छ । उनलाई उपचार गर्न भनेर प्यूठानबाट काठमाडौँ जाँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ बाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशुलीमा नदीमा खसेको थियो ।
उक्त दुर्घटनामा परेका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने पौडिएर बाहिर निस्किएका थिए । सामान्य घाइते भएका रोक्काको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बेपत्ता भएकी जिनिसा मुकुन्दकी छोरी र मृत फेला परेकी जमुना श्रीमती हुन् ।
सम्बन्धित न्युजः
बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता
