
पोखरा । गण्डकी प्रदेशमा थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार प्रदेशका १० वटा जिल्लाका १७६ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ९८ जना, लमजुङका २३ जना, तनहुँका २१ जना, गोरखाका १३ जना, नवलपुरका ९ जना, बाग्लुङका ४ जना, स्याङ्जाका ३ जना, पर्वत र मुस्ताङका २/२ जना तथा म्याग्दीका १ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८६२ पुगेको छ ।
यस्तै शनिबार गण्डकीमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभरबाट मात्र ९ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८६८ पुगेको छ।
हाल प्रदेशमा ४ हजार ८४२ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा ५६४ परिक्षण भएको र हालसम्म १० लाख ८ हजार १६९ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
