
पोखरा । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार दिउँसो प्रदेशका ७ वटा जिल्लाका २२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका १३ जना, तनहुँका ३ जना, गोरखाका २ जना, लमजुङ, मुस्ताङ, स्याङ्जा र नवलपुरका एक/एक जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ का ३६ वर्षीय पुरुष, वडा नं.१२ का ४९ वर्षीय पुरुष, वडा नं.१५ का ६९ र ४१ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, वडा नं. १६ का ४९ र ३२ वर्षीय पुरुष तथा ५९ वर्षीया महिला, वडा नं. १७ का ५६ वर्षीय पुरुष, वडा नं. १८ का २३ वर्षीय पुरुष, वडा नं. २६ वर्षीया महिला, वडा नं. ३२ का २५ वर्षीया महिला, वडा नखुलेका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै तनहुँको घिरिङ वडा नं. १ का ५० वर्षीय पुरुष, व्यास वडा नं. ४ का २९ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं. ५ का ३१ वर्षीया महिला, गोरखाको गोरखा नगरपालिका वडा नं. ७ का २३ वर्षीय पुरुष, वडा नं. १३ का ३९ वर्षीय पुरुष, लमजुङकी ४७ वर्षीया महिला, मुस्ताङकी ६७ वर्षीया महिला, स्याङ्जाको पुतलीबजार वडा नं. ५ का ५६ वर्षीय पुरुष एवं नवलपुरको गैंडाकोट वडा नं. ५ का ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार २०२ पुगेको छ ।
