
काठमाडौँ । नेपालमा थप १ हजार ४९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५६५ जना महिला र ९२५ जना पुरुष गरी १ हजार ४९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट १५६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ। यो कुल संक्रमितको ९२.३ प्रतिशत हो ।
यसैगरी बुधबार थप ९ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ।
हाल नेपालमा १६ हजार ५४७ जना सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा ६०५ रहेका छन् ।
नेपालमा हालसम्म १७ लाख ५४ हजार ६३० पिसिआर परीक्षण भएको छ। २४ घण्टामा मात्रै ८ हजार ३०० पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
