
पोखरा । गण्डकी प्रदेशमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ७ वटा जिल्लाका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा लमजुङका २४ जना, कास्कीका २२ जना, तनहुँका २० जना, गोरखाका १५ जना, बाग्लुङका १० जना, पर्वतका ३ जना र स्याङ्जाका १ जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. २ का ३७–३७ र ३० वर्षीया महिला, वडा नं.३ का ३५ वर्षीय पुरुष, वडा नं.७ की २३ वर्षीया महिला, वडा नं.१० का २८ वर्षीय पुरुष तथा १८ र २९ वर्षीया महिला, वडा नं.११ का ६५ वर्षीय पुरुष तथा ४० र २५ वर्षीया महिला, वडा नं.१२ का ३० वर्षीय पुरुष, वडा नं.१३ की ३२ वर्षीया महिला, वडा नं.१४ का ६० वर्षीय पुरुष तथा २१ वर्षीया महिला, वडा नं.१७ का ४४ र १८ वर्षीय पुरुष तथा ६६ वर्षीया महिला, वडा नं.१९ का ४५ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं.२९ का ७९ वर्षीय पुरुष तथा ८४ वर्षीया महिला, लमजुङ सुन्दरबजारका वडा नं. ३ की ३१ वर्षीया महिला, वडा नखुलेका ३८, ३६, ४३, ४५, ३७, ४९, ४९, ७४, ३६, १६, ४६ वर्षीय पुरुष, तथा २०, ७३ र ३४ वर्षीया महिला, पालिका नखुलेका २७, ९७, ४९, ३१ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, तनहुँको व्यासका २०, ८०, ४९ र ५२ वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, भिमादका २८, ४४, ४० र ३१ वर्षीय पुरुष तथा २८, २४, २९, ५३ र २१ वर्षीया महिला, घिरिङका ३३, ५५–५५ र १९ पुरुष, म्याग्दे वडा नं.४ का ४४ वर्षीय पुरुष, आबुखैरेनी वडा नं.३ का ३२ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा नं.१ का ४३ वर्षीय वर्षीय पुरुष, वडा नं.५ का ५० वर्षीय पुरुष, वडा नं.६ का ३८, १४ र ४५ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं.८ का ४४, २६ र २७ वर्षीय पुरुष तथा १८ र २८ वर्षीया महिला, वडा नं.९ का ४४ वर्षीय पुरुष, भिमसेन वडा नं.३ का ३८ वर्षीय पुरुष, आरुघाट वडा नं.८ का ३३ र ३५ वर्षीया महिला, बाग्लुङको बाग्लुङ नगरपालिकाका ८०, ३०, ६८ वर्षीय पुरुष तथा २० र ४३ वर्षीया महिला, गलकोट वडा नं.४ की १२ वर्षीया बालिका, तमानखोलाका ३८, ३० र ४८ वर्षीय पुरुष, पर्वत महाशिला वडा नं.३ का ४६ वर्षीय पुरुष, वडा नं.५ का ३४ वर्षीय पुरुष वडा नखुलेका ४५ वर्षीय पुरुष एवं स्याङ्जा गल्याङ वडा नं.३ का ३२ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार २९७ पुगेको छ ।
