बुधबार पोखराका ३५ सहित गण्डकीमा थप ११७ जनामा कोरोना संक्रमण, २ को मृत्यु पुष्टि

Share:

पोखरा । बुधबार पोखराका ३५ सहित गण्डकी प्रदेशमा थप ११७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज प्रदेशका ९ वटा जिल्लाका ११७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ३५ जना, लमजुङका २५ जना, तनहुँका २३ जना, गोरखाका १७ जना, बाग्लुङका १० जना, पर्वतका ३ जना, स्याङ्जाका २ जना, नवलपुर र मुस्ताङका १/१ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार २७९ पुगेको छ ।

यस्तै बुधबार गण्डकीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१४ निवासी ४८ वर्षीया महिला र नवलपुरको कावासोती नगरपालिका–१४ निवासी ७८ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको हो ।

योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३ जना कोरोनामुक्त भएका छन् । यो सँगै, गण्डकीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार २४३ पुगेको छ ।

हाल प्रदेशमा ४ हजार ८९२ सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित न्युजः
गण्डकी प्रदेशमा थप ९५ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि
गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

कमेन्ट गर्नुहोस्
Share: