
पोखरा । साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
सुन आज ९२ हजार ७ सय रुपैयाँ प्रतिोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो हप्ता सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको थियो।
यस्तै आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
