
पोखरा । पोखरामा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
पोखरा–१७ का ७४ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बेलुका ८ः४० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । ती महिलामा मंसिर २६ गते मात्रै कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १८३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
