
पोखरा । पोखरामा उपचाररत तनहुँका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत तनहुँको म्याग्दे गाउँपालिका–२ का ६० वर्षीय पुरुषको आइतबार बिहान ९ः३० बजे मृत्यु भएको हो । ती पुरुषमा मंसिर २४ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४ पुगेको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
