कास्कीका ५४ सहित गण्डकीमा थप ८४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ५४ सहित गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार (आज) हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ८४ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ५४ जना, तनहुँका १२ जना, बाग्लुङका ६ जना, लमजुङका ५ जना, स्याङ्जाका ४ जना तथा म्याग्दी, गोरखा र पर्वतका एक/एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की २२ वर्षीया महिला, वडा नं. ३ का ४१ वर्षीया महिला, वडा नं. ४ का २३ वर्षीय पुरुष, वडा नं. ५ का ५६ वर्षीय पुरुष, वडा नं. ६ का ४६ र ५६ वर्षीय पुरुष, वडा नं.७ का ६७ र २७ वर्षीय पुरुष तथा ६० वर्षीया महिला, वडा नं.८ का ८१ वर्षीय पुरुष तथा ८६, ७८, ७० र ३५ वर्षीया महिला, वडा नं. ९ का २० वर्षीय पुरुष, वडा नं. ११ की ४१ वर्षीया महिला, वडा नं.१२ का ४५ र ३९ वर्षीय पुरुष तथा ५५ र ३२ वर्षीया महिला, वडा नं. १३ का ५४, ६३ र २५ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं. १४ का ३८ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं. १५ का ६३ र ६८ वर्षीय पुरुष, वडा नं. १६ की ४५ वर्षीया महिला, वडा नं. १७ का ७१, २८, २७, ४४, २९ र ६० वर्षीय पुरुष तथा ४२, २४ र ४१ वर्षीया महिला, वडा नं. १८ की २१ वर्षीया महिला, वडा नं. १९ का ३६ वर्षीय पुरुष, वडा नं. २५ का ६७ र ४५ वर्षीय पुरुष, वडा नं. २६ की ७३ वर्षीया महिला, वडा नं. ३२ की ४९ वर्षीया महिला, रुपा गाउँपालिकाका ७८ वर्षीय पुरुष, वडा नखुलेका ७१ र ६४ वर्षीय पुरुष तथा ५१ वर्षीया महिला, मादी गाउँपालिकाका २७ र ५१ वर्षीय पुरुष तथा ३१, २८, ४५ र ४६ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, तनहुँको म्याग्दे वडा नं. ५ का ४५ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं. ७ का ७५ वर्षीय पुरुष, वडा नखुलेका ६८, ६५, ३२, ४४ र ३८ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, बन्दीपुरका ३३, ५५ र २६ वर्षीय पुरुष तथा २३ वर्षीया महिला, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.२ का ५२, ३३–३३ र ७३ वर्षीय पुरुष तथा २२ र ५७ वर्षीया महिला, लमजुङको बेशीसहर वडा नं. ७ की ६६ वर्षीया महिला, सुन्दरबजारका २९, ३३ र ३७ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, स्याङ्जाको वालिङका २०, ३० र ४० वर्षीय पुरुष, गल्याङका ३० वर्षीय पुरुष, म्याग्दीको बेनी वडा नं.८ का ६३ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा नं.१० का ४५ वर्षीय पुरुष, पर्वतको फलेबास वडा नं.३ का ५६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३३५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: