
काठमाडौँ । नेपालमा थप ८३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २८ घण्टामा ३३० जना महिला र ५०० जना पुरुष गरी ८३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यो कुल संक्रमितको ९४.९ प्रतिशत हो ।
हालसम्म नेपालमा १६९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ९ जनाको मृत्यु मन्त्रालयले जनाएको छ ।
हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा रहनेको संख्या ५१६ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण भएको छ भने हालसम्म १८ लाख ३१ हजार ४१ नमुना परीक्षण भएको छ ।
